Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्व आदिवासी दिवसमा प्रधानमन्त्री देउवाको शुभकामनाः आदिवासीका अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको भनाइ

विश्व आदिवासी दिवसमा प्रधानमन्त्री देउवाको शुभकामनाः आदिवासीका अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको भनाइ

इच्छाकामना न्युज

२५, श्रावण २०७८
विश्व आदिवासी दिवसमा प्रधानमन्त्री देउवाको शुभकामनाः आदिवासीका अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको भनाइ
images

काठमाडौं, २५ साउन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बतएका छन् ।

images
images

‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर बस्ने सम्पूर्ण नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्दै उनले यस दिवसले सम्पूर्ण आदिवासीहरुको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन् ।

‘कसैलाई पछाडि नछाडौँः आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ संसारभरका आदिवासीले अगस्ट ९का दिन २७औँ विश्व आदिवासी दिवस मनाइरहेका छन् ।

नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरुको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठननको प्रावधानलाई अनुमोदन गरिसकेको र सो अनुसार सरकार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - १०:१४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology