Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपाल मास्क अभियान आजबाट सुरु हुँदै 

नेपाल मास्क अभियान आजबाट सुरु हुँदै 

images

इच्छाकामना न्युज

२३, श्रावण २०७८
नेपाल मास्क अभियान आजबाट सुरु हुँदै 
images

काठमाण्डौ, २३ साउन । सरकारले आजदेखि नेपाल मास्क अभियान सुरु गर्दैछ । आज दिउँसो १ बजे भर्चुअल कार्यक्रम गरेर अभियान सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोग बारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गर्न गरिएको हो । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु, म जिम्मेवार नेपाली’ भन्ने नाराका साथ अभियानसुरु गर्न लागिएको हो ।

कोरोना सङ्क्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम गरिने स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । अभियान आउँदो शुक्रबारसम्म चल्नेछ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १०:०८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology