Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरकारले आयोग खारेज गरेर भूमिहिन सुकुम्बासीको जीवनमा लात हानेको अध्यक्ष देवी ज्ञवाली भनाई

सरकारले आयोग खारेज गरेर भूमिहिन सुकुम्बासीको जीवनमा लात हानेको अध्यक्ष देवी ज्ञवाली भनाई

इच्छाकामना न्युज

१९, श्रावण २०७८
सरकारले आयोग खारेज गरेर भूमिहिन सुकुम्बासीको जीवनमा लात हानेको अध्यक्ष देवी ज्ञवाली भनाई
images

चितवन, १९ साउन । एमाले नेता देवी ज्ञवालीले सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर लाखौं भूमिहिन र सुकुम्बासीको जीवनमा लात हानेको बताउनुभएको छ ।

images
images

सरकारले आयोग खारेज गरेपछि प्रतिक्रिया दिँदै उहाँले सरकारले आयोग नै खारेज गरेर अपराध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई हटाएको भए ठूलो कुरा मान्ने थिएन, तर आयोगनै खारेज गरेर यो सरकार भूमिहिन र सुकुम्बासी विरोधी भएको प्रष्ट भएको छ ।’

‘राज्यले मलाई काम गर्न पठाएको थियो । मैले खुरुखुरु काम गरेको थिए । धेरै दुःख र मेहेनत गरेका थियौं । सबै खेर गयो ।’ उहाँले भन्नुभयो । करिब १२ लाख सुकुम्बासीको लागत संकलनको काम भएको थियो भन्दै ज्ञवालीले स्थानिय पालिकाहरुले धमाधम लागतको काम गरिसकेको बताउनुभयो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको हो । उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो । मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो । ओली सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - २१:४१:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology