Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतमा एक नेपालीले १० हजारमा अर्काको श्रीमती किनेर श्रीमान् कै अघि बलात्कार गरी फरार

भारतमा एक नेपालीले १० हजारमा अर्काको श्रीमती किनेर श्रीमान् कै अघि बलात्कार गरी फरार

इच्छाकामना न्युज

१५, आश्विन २०७७
भारतमा एक नेपालीले १० हजारमा अर्काको श्रीमती किनेर श्रीमान् कै अघि बलात्कार गरी फरार
images

काठमाडौं। भारतमा एक नेपालीले अर्काकी श्रीमती १० हजारमा किनेर श्रीमानकै अगाडि उनलाई बलात्कार गरेर फरार भएका छन् । टाइम्स अफ इण्डियाका अनुसार उत्तराखण्डको रुद्रप्रयागकी ती महिलालाई उनका श्रीमानले १० हजारमा बेचेका थिए । त्यसपछि खरिदकर्ताले ती महिलालाई श्रीमानकै अगाडि बलात्कार गरेका थिए ।

images
images

महिलाको उजुरीपछि पुलिसले उनका श्रीमानलाई पक्राउ गरेको छ । उनी दैनिक ज्यालादारी मजदूर भएको बताइएको छ । रुद्रप्रयागका एसपी नवनीत भुल्लरका अनुसार प्रारम्भिक अनुसन्धानमा ती महिलालाई नेपालबाट गएका एक व्यक्तिलाई बेचिएको थियो । ‘हामीले महिलाका श्रीमानलाई पक्राउ गरेका छौं तर उनलाई किन्ने व्यक्ति अझै पनि फरार छन्’ उनले भने । फरार नेपालीविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०७:५४:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology