Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिका करिब साढे ६३ करोडको बजेट पारित

गोरखाको गण्डकी गाउँपालिका करिब साढे ६३ करोडको बजेट पारित

इच्छाकामना न्युज

१, श्रावण २०७८
गोरखाको गण्डकी गाउँपालिका करिब साढे ६३ करोडको बजेट पारित
images

रबि रेग्मी, गोरखा, १ साउन । गोरखाको गण्डकी गाउँपालिकाले कुल ६३ करोड ४६ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको उपाध्यक्ष ललिता अधिकारीले गाउँपालिकाको आठौं गाउँसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ६३ करोड ४६ लाख ४९ हजारको बजेट सार्वजनिक गर्नु भएको हो ।

images
images

पालिकाले चालू तर्फ ३४ करोड १७ लाख ९४ हजार र पुँजीगत तर्फ २९ करोड २८ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ८ ओटा वडाको लागि ८ करोड ५७ लाख उपलब्ध गराएको छ ।

त्यस्तै पालिका भित्रका सडक निर्माण तथा मर्मतको लागि १ करोड ६७ लाख बजेट विनियोजन गरेको छ । पालिकाले शिक्षा, युवा तथा खेलकुद शाखामा ३० लाख, कृषि शाखा ५० लाख, विपद तथा कोरोना नियन्त्रणको लागि ७० लाख र प्राविधिक ल्याव निर्माणको लागि १५ लाख बजेट छुट्याइएको छ ।

त्यस्तैगरि गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि २ करोड ५० लाख, वडा नं ६ र ८ को वडा कार्यलय निर्माणको लागि क्रमशः ७० र ६५ लाख विनियोजन गरेको छ । गाउँपालिका आफैले जेसिबी र टृपर खरिदको लागि क्रमशः ५० र ४५ लाख बजेट छुट्याएको छ ।

त्यसैगरी गाउँपालिका स्तरको योजनाको लागि ५ करोड ५४ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहिबार बसेको गाउँसभाले नीति तथा कार्यक्रम, बजेट बहुमतले पारित गरेको छ । पालिकाले नीति तथा कार्यक्रम भन्ने असार १० गते नै ल्याएको थियो ।

स्थानिय तहले असार १० गते भित्र नीति तथा कार्यक्रम, बजेट ल्याउनु पर्ने र असार मसान्तसम्म गाउँसभाबाट पारित गर्नु पर्ने व्यवस्था छ । सोही अनुसार गण्डकी गाउँपालिकाले पनि आज नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - ०८:००:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology