Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मर्स्याङ्दी बालज्योति बोर्डिङद्वारा मिर्गौला पीडित शिक्षक थापाको उपचारका लागि लाखौ रुपैयाँ आर्थिक सहयोग प्रदान

मर्स्याङ्दी बालज्योति बोर्डिङद्वारा मिर्गौला पीडित शिक्षक थापाको उपचारका लागि लाखौ रुपैयाँ आर्थिक सहयोग प्रदान

images

इच्छाकामना न्युज

३१, आषाढ २०७८
मर्स्याङ्दी बालज्योति बोर्डिङद्वारा मिर्गौला पीडित शिक्षक थापाको उपचारका लागि लाखौ रुपैयाँ आर्थिक सहयोग प्रदान
images

आँबुखैरेनी, ३१ असार । तनहुँको आँबुखैरेनीमा रहेको मर्स्याङ्दी बाल ज्योति इङलिस बोर्डिङ स्कुलले दुबै मिर्गौला पीडित शिक्षक बुद्धि बहादुर थापाको जीवन रक्षाको लागि आर्थिक सहयोग गरेको छ । 

विधालयका प्रिन्सिपल भगवानदास मल्ल, शिक्षक–शिक्षिका तथा कर्मचारीबाट नगद १ लाख २० हजार ५ सय रुपैयाँ प्राप्त सहयोग संकलन गरी शिक्षक थापाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको हो । 

शिक्षिका सर्मिला थकाली, शिक्षकद्वोय प्रताप बाबू थापा, प्रकाश श्रेष्ठको अगुवाइमा आर्थिक सहयोग संकलन गरी मृगौला पीडित शिक्षक थापाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको मर्स्याङ्दी बालज्योति इङलिस बोर्डिङ स्कुलका शिक्षक प्रकाश श्रेष्ठले जानकारी दिनुभएको छ । 

साथै, मानव सेवामा समर्पित मनहरुले शिक्षक थापाको जीवन बचाउका लागि विद्यालयले सम्पुर्णलाई सहयोगको अपिल गरेको छ । 

images
प्रकाशित मिति :आषाढ ३१, २०७८ बिहिवार - २०:४६:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology