आँबुखैरेनी, २८ असार । अमेरिकामा रहेकी मस्र्याङदी बालज्योती इङ्लिस बोर्डिङ्ग स्कूलका भुपु विद्यार्थी अर्चना श्रेष्ठद्वारा दुबै मृगौला फेल भएका बुद्धि बहादुर थापाको जिवन बचाउ अभियानमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन।
दमौली निवासी मस्र्याङदी बालज्योती इङ्लिस बोर्डिङ्ग स्कूल आँबुखैरेनी(३, का शिक्षक दुबै मृगौला फेल भएका ४५ वर्षिय बुद्धि बहादुर थापाको जिवन बचाउ अभियानमा भुपु विद्यार्थी श्रेष्ठद्वारा २५ सय डलर बराबरको सहयोग संकलन गरि हस्तान्तरण गरिने शिक्षक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
दुबै मृगौला फेल भई पोखराको फेवा सिटी, फिस्टेल र मेट्रो अस्पतालमा पालै पालो उपचार गराईरहनुभएका बुद्धि बहादुर थापाको जिवन बचाउ अभियानमा विभिन्न व्याक्ति तथा समुह संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् ।
डाक्टरको सल्लाह अनुसार थापाको छिटै मृगौला प्रत्यारोपण गर्नुपर्ने र थप उपचारका लागि आर्थिक अवस्था ज्यादै कमजोर भएकोले जीवन रक्षाका गरिदिन उहाँको परिवारजन, आफन्त, शुभचिन्तक, विद्यार्थी, शिक्षक लगाएतकाले सबैसंग सहयोगको लागि अपिल गरेका छन ।
मानव सेवामा समर्पित इच्छुक मनहरुले सहयोगको लागि एसबिआई बैंकमा बुद्धि बहादुर थापाको नाममा रहेको खाता नम्बर १९९१५२४१४०६१८५ मा आर्थिक सहयोग जम्मा गर्न सक्नुहुनेछ ।