आँबुखैरेनी, १६ कार्तिक
तनहुँको आँबुखैरेनीमा थप ६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। आँबुखैरेनी–१ का २८ वर्षीय पुरुष र २८ वर्षिया महिला, आँबुखैरेनी–३ का २५ र ३७ वर्षीय पुरुष, आँबुखैरेनी–४ की २६ वर्षिया महिला र आँबुखैरेनी–६ का ३२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।त्यस्तै आज विहान चितवन मेडिकल कलेज भरतपुरमा पिसिआर परिक्षण गरिएका आबुखैरेनी वडा नं. ४ का ८० वर्षीय पुरुष र क्षयरोग उपचार केन्द्र पोखरामा पिसिआर परिक्षण गरिएका ६५ वर्षीया महिलालाई कोरोना पुष्टि भएको थियो।
त्यसैगरि तनहुँकै व्यास नगरपालिकाका २ जना, भानु नगरपालिकाका४ जना र बन्दिपुर गाउँपालिकाका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
