Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा गण्डकी गाउँपालिकाको भैरवी खेलकुद मैदानको निर्माणकार्य ७० प्रतिशत सम्पन्न

गोरखा गण्डकी गाउँपालिकाको भैरवी खेलकुद मैदानको निर्माणकार्य ७० प्रतिशत सम्पन्न

इच्छाकामना न्युज

१४, आषाढ २०७८
गोरखा गण्डकी गाउँपालिकाको भैरवी खेलकुद मैदानको निर्माणकार्य ७० प्रतिशत सम्पन्न
images

भूम्लिचोक,१४ असार । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ स्थित भैरबी खेलकुद मैदानको काम ७० प्रतिशत सम्पन्न भएको छ । एक स्थानीय तह एक खेलकुद मैदान कार्यक्रम अन्तरगत प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको संयुक्त आयोजनामा उक्त मैदान निर्माण भइरहेको हो ।

images
images

बैशाखबाट निर्माण कार्य सुरु गरिएको खेल मैदानको काम हाल ७० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनी महादेव भैरबी कन्स्ट्रक्सनका प्रोप्राइटर तील बहादुर गुरुङले बताउनुभयो ।

प्रदेश सामाजिक विकास मन्त्रालयबाट २० लाख र गाउँपालिकाको ५ लाख गरि रु .२५ लाख लागतमा निर्माण भइरहेको उक्त खेलकुद मैदान निर्माण भइरहेको गाउँपालिका अध्यक्ष होम बहादुर रानाले बताउनुभयो ।

पर्यटकीय स्थलको रुपमा विकसित भइरहेको पुरानो खेलकुद मैदान नजिकै उक्त खेलकुद मैदान निर्माण गरिएको हो। उक्त पुरानो खेलमैदानको स्वरुप परिवर्तन हुदाँ सौन्दर्य विग्रिने भएकाले स्थानीयहरुको रायसुझाव अनुसार करिब २० मिटर पर रहेको खाली सार्वजनिक स्थलमा निर्माण गरिएको उहाँले बताउनुभयो ।

यस खेलकुद मैदानमा हरेक बर्ष विभिन्न प्रतियोगिताहरु हुने गर्छन् ।

तस्बीर  :  सुमन सिङ गुरुङ

images
प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - २०:३२:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology