Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लौकाको बोक्रा नफालि खादा यस्ता छन् फाइदा

लौकाको बोक्रा नफालि खादा यस्ता छन् फाइदा

एजेन्सी

१३, आषाढ २०७८
लौकाको बोक्रा नफालि खादा यस्ता छन् फाइदा
images

लौकालाई तरकारीको राजा पनि भनिन्छ । अर्थात सर्वश्रेष्ठ तरकारी । यसको प्रयोग प्रायः सबैका घरमा हुने गर्दछ । यसको तरकारी मन नपराउने भन्ने हुन्न नै । लौकाको तरकारी पकाउँदा सबैले यसको बोक्रा फ्याँक्ने गर्दछन् । तर, यसको बोक्रा स्वास्थ्य र सौन्दर्यका समस्याहरुमा राहत दिने गुण हुन्छ । आउनुहोस् लौकाका बोक्राका गुणहरुका बारेमा चर्चा गरौं ।

images
images

– लौकाको बोक्राले अनुहारको चमक बढाउँछ । अनुहार फिक्का देखिए यसको बोक्रा पिसेर त्यसमा चन्दनको पाउडर मिलाएर पेस्ट तयार गर्नुहोस् । हप्तामा २–३ पटक यसको पेष्ट अनुहारमा लगाउनुहोस् । तपाईको अनुहारको चमकमा निखार आउँछ ।

– तपाई विभिन्न प्रकारका सनस्क्रीन क्रिम लगाएर हैरान हुनुहुन्छ भने तपाईंका लागि लौकाको बोक्रा बरदान सावित हुन सक्छ । लौकाको बोक्राको प्रयोग घामले डढेको छालाका लागि धेरै नै फाइदाकारी हुन्छ । यसका लागि बोक्राको पेस्ट बनाएर छालामा लगाएर केही समय राख्ने र त्यसलाई धोएपछि कालोपन हट्छ ।

– धेरै नै गर्मीका कारण छालाका साथै खुट्टाका पैतालामा हुने जलनमा राहतको महशुस गराउन लौकाको बोक्राको प्रयोग गर्न सकिन्छ । यसको बोक्रालाई छालामा घोट्दा राहत मिल्छ ।

– लौकाको बोक्रामा धेरै मात्रामा फाइबर हुने हुँदा यसको प्रयोगले पेटमा ग्यास र कब्जियत भगाउँछ ।

– पाइल्सको समस्याका लागि पनि लौका फाइदाकारी तरकारी हो । साथै यसको बोक्रालाई सकाएर पाउडर बनाई दैनिक चिसो पानीसँग दिनमा दुई पटक सेवन गरे यसले राहत दिन्छ ।

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - २०:२०:३६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology