देवघाट, १२ असार ।
नेपाल आदिवासी जनजाति महासंघ देवघाट गाउँपालिका समन्वय परिषद देवघाट तनहुँको आयोजना तथा देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा देवघाटमा तिन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास उद्घोषण तालिम सुरु भएको छ। उक्त तालिम आजदेखी वडा नम्बर ५ सिता सामुदायिक भवनमा सुरु भएको हो।
तालिमको समुदघाटन देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले मैनबत्ती बालेर गरेका थिए।
समुदघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले नेपाल आदिवासी जनजातिहरुको हक अधिकारको लागी सधैं आफु अगाडी बढ्ने बताए। साथै उनले क्षमता अभिवृद्धि तथा नेतृत्व विकास उद्घोषण तालिममा सवै सहभागी प्रशिक्षार्थीहरुलाई अगाडी बढ्न आग्रह समेत गरे।
कार्यक्रममा देवघाट गाउँपालिका स्तरीय नेकपा एमाले अध्यक्ष केशवचन्द्र न्यौपाने,देवघाट गाउँपालिका स्तरीय माओवादी केन्द्र अध्यक्ष भुवनसिङ्ग गुरुङ,देवघाट गाउँपालिका स्तरीय राप्रपा नेपाल अध्यक्ष दिवाकर मिश्र,देवघाट उद्योग बाणिज्य संघ देवघाट अध्यक्ष रोसन श्रेष्ठ लगाएतले शुभकामना मनतब्य दिएका थिए।
सो कार्यक्रममा गाउँपालिका स्तरीय बुद्धिजिवि परिषदका अध्यक्ष डा।सुरेन्द्र श्रेष्ठ,नेपाल मगर साँकृतिक संघ बागमती प्रदेशका अध्यक्ष बलबिक्रम थापा र देवघाट युवा तथा खेलकुद समितिका सदस्य प्रेम बहादुर थापामगर लगाएको उपस्थिति रहेको थियो भने नेपाल आदिवासी जनजाति महासंघ देवघाट अध्यक्ष रुमकुमार थापाको अध्यक्षता उदघाटन कार्यक्रम सम्पन्न भएको थियो।
करिब ४० सहभागी तालिममा गाउँपालिका अध्यक्ष थापाका साथै गाउँपालिकाका प्रेस संयोजक आशिक राना र माओवादी केन्द्र देवघाटका अध्यक्ष भुवनसिंह गुरुङले क्षमता विकास, व्यक्तित्व विकाश, साँस्कृतिक कार्यक्रम, औपचारिक कार्यक्रम लगाएतको विषयमा प्रशिक्षण दिएका थिए।