भुम्लिचोक, ११ असार । गोरखाको गण्डकी गाउँपालिकाले एकल पुरुष र यौनिक अल्पसंख्यकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।
बिहिबारको गाउँसभामा निति तथा कार्यक्रम प्रश्तुत गर्दै गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले जिवनमा एक पटक पनि बिबाह नगरेका ६० बर्ष पुगेका पुरुष र यौनिक अल्पसंख्यकलाई मासिक १ हजार ५ दिने बताउनुभयो ।
उपाध्यक्ष अधिकारीका अनुसार उक्त भत्ता गाउँपालिकाको आन्तरिक आम्दानीबाट वितरण गरिने छ ।