Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

काठमाण्डौमा एकाबिहानै टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु

काठमाण्डौमा एकाबिहानै टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु

इच्छाकामना न्युज

११, आषाढ २०७८
काठमाण्डौमा एकाबिहानै टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु

काठमाडौं, ११ असार । काठमाण्डौको गोकर्णेश्वरमा टिप्परले ठक्कर दिँदा शुक्रबार बिहान एक जनाकोे ज्यान गएको छ । गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

images

उनको परिचय भने खुलेको छैन । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - ०८:४१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology