चितवन, १० असार । आजपनि देशभरको मौसम प्रतिकुल रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनेछ ।
देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वादुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोे छ ।
हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखी पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा र बागमती प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइछ ।