Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा गण्डकी गाउँपालिकामा रहेका पोषण समूहहरुलाई विभिन्न सामाग्रीहरु हस्तान्तरण

गोरखा गण्डकी गाउँपालिकामा रहेका पोषण समूहहरुलाई विभिन्न सामाग्रीहरु हस्तान्तरण

इच्छाकामना न्युज

२९, जेठ २०७८
गोरखा गण्डकी गाउँपालिकामा रहेका पोषण समूहहरुलाई विभिन्न सामाग्रीहरु हस्तान्तरण
images

भुम्लिचोक, २७ जेठ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तरगत गोरखाको गण्डकी गाँउपालिकाको वडा नं ७ र ८ मा गठन भएको मिलिजुली पोषण समुह र स्वास्थ्य पोषण समुहमा पोषणको अवस्था सुधार गर्ने उदेश्यले सामाग्री बितरण गरिएको छ ।

images
images

पानी शुद्धिकरण गर्ने फिल्टर, थर्मस, पानीको ड्रम, हिलट्यांक, मिक्चर, पिठो छान्ने जाली तथा तरकारीहरुको वीउ विजन वितरण गरिएको आयोजनाका क्लष्टर इकाई प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दुर्गा प्रसाद पण्डितले जानकारी दिए । नेपाल सरकार कृषि मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाको संचालन तथा युएन एफएओको प्राविधिक सहयोगमा उक्त सामग्रीहरु बितरण गरिएको हो ।

विश्व कृषि तथा खाद्य सुरक्षा कोष कार्यक्रमवाट प्राप्त आर्थिक सहयोग र विश्व वैकको सुपरिवेक्षणमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयवाट संचालन भइ रहको यस कार्यक्रममा यस वर्ष मात्रै गण्डकी गाँउपालिकामा २३ वटा पोषण समुहहरु गठन भई काम भइरहेको छ । क्लस्टर इकाई प्रमुख पण्डितका अनुसार गठन भएको २३ वटै पोषण समुहमा घरबारी पोषण बगंचा स्थापना कार्यक्रम अन्तर्गत तरकारी वीउ विजन वितरण कार्यक्रम संचालन भई रहेको र ९ वटा समुहमा साना अनुदान कार्यक्रम मार्फत प्रति समुह पाँच लाख भन्दा वढि आर्थिक प्रदान गरिएको बताए ।

कार्यक्रमा परियोजनावाट ८५ प्रतिशत अनुदान र १५ प्रतिशत रकम समुहले व्यवस्थापन गर्नु पर्ने कुरा क्लस्टर इकाइ गोरखाको सुचना अधिकारी तथा कृषि अधिकृत लेखराज ढकालले वताए । सुनौलो हजार दिनको आमा तथा गर्भवती महिलाहरुलाई समेटी समुह गठन गरिएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाको लागि सेवा प्रदायक संस्था एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले वताए ।

गण्डकी गाँउपालिका र वारपाक सुलीकोट गाँउपालिकामा संचालित यस कार्यक्रमले कृषि, पशु तथा पोषणको क्षेत्रमा विभिन्न गतिविधि संचालन गरीरहेको छ ।

images
प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - ०८:३६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology