Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्वकप छनौट फुटबलका लागि नेपाल र ताइपे आज राती भिड्दै

विश्वकप छनौट फुटबलका लागि नेपाल र ताइपे आज राती भिड्दै

इच्छाकामना न्युज

२०, जेठ २०७८
विश्वकप छनौट फुटबलका लागि नेपाल र ताइपे आज राती भिड्दै
images

काठमाडौं, २० जेठ । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

images
images

कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजे सुरु हुनेछ । ताईपेविरुद्ध मैदान उत्रंदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् । अलमुताईरीले कुवेतको मौसममा खेल्न नेपाली खेलाडीलाई कठिन हुने पनि बताए ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ । समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा रहेको छ ।

४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

चाईनिज ताईपेईविरुद्धको हेड टु हेड खेलमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपे अहिलेसम्म दुई पटक भिडेका छन् । पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपाल २ शुन्य गोल अन्तरले विजयी भएको थियो ।

ताइपेका प्रशिक्षक भोम का हुमले नेपालसँगको खेलमा मौषमको चुनौती सबैभन्दा बढी भएको बताएका छन । प्रशिक्षक भोमले टिमको मुख्य खेलाडीहरु कोरोनाका कारणले टिममा सामेल नभएको तर नयाँ खेलाडीले आफुलाई प्रमाणित गर्ने समेत विश्वास ब्यक्त गरेका छन ।

ताइपेपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । कोरोना महामारीका कारण नेपालले आफ्ना तीन होम खेल कुवेतमा खेल्न लागेको हो ।

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - ०८:३५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology