भुम्लिचोक, १७ जेठ । गोरखाको गण्डकी गाउँपालिकामा कोरोना संक्रमितको संख्या २ सय नाघेको छ । शनिबार गाउँपालिकाका १४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ सय नाघेको हो ।
गाउँपालिकामा पछिल्लो समय ८ जना पुरुष र ६ जना महिलामा संक्रमण देखिएको छ। गाउँपालिकाले नियमित अपडेट मार्फत सो कुराको पुष्टि गरेको छ।
*उल्लेखित समाचारमा गण्डकी गाउँपालिका हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ। –सम्पादक