Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतीय सेनापति नरवाणे नेपाल भ्रमणमा आउने

भारतीय सेनापति नरवाणे नेपाल भ्रमणमा आउने

एजेन्सी

११, कार्तिक २०७७
भारतीय सेनापति नरवाणे  नेपाल भ्रमणमा आउने
images

भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन।

images
images

आगामी नोभेम्बर ४ देखि नरवाणेको नेपाल भ्रमण तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।

गत साता भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आएलगत्तै भारतको अर्को सुरक्षा निकाय प्रमुखको नेपाल भ्रमण हुन लागेको हो।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार नरवाणेले नेपालमा तीन दिन बिताउँनेछन्। त्यस क्रममा उनले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको पदवी ग्रहण गर्नेछन ।

नेपालमा रहंदा नरवाणेले नेपालका समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापालगायत उच्च पदस्थ व्यक्तिसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

नेपाल र भारतबीच कालापानी लगायतका क्षेत्रमा सिमा विवाद रहेका बेला भारतीय सैन्य प्रमुखको नेपाल भम्रणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नरवाणेले नेपाल–भारत खुला सीमालाई व्यवस्थित गर्ने लगायतका विषयमा नेपाली अधिकारीहरुसँग छलफल गर्ने भारतीय सञ्चार माध्यम टाइम्स अफ ईण्डियाले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७७ मंगलवार - ०८:११:५७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology