Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको संविधान निगरानी समूहको ठहर 

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको संविधान निगरानी समूहको ठहर 

images

इच्छाकामना न्युज

१२, जेठ २०७८
प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको संविधान निगरानी समूहको ठहर 
images

काठमाण्डौ, १२ जेठ । संविधान निगरानी समूहले सरकारले दोस्रोपटक प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको ठहर गरेको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा रहेका निगरानी समूहले आज आफ्नो धारणा सार्वजनिक गर्दै तत्काल प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने समेत बताएको छ ।

सरकारले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि नेपालको संविधानको धारा ७६ अन्तर्गत वैकल्पिक सरकार गठन गर्न विभिन्न चरणका प्रयासहरु हुँदै गर्दा मिलेमतोमा विघटन गरिएको निगरानी समूहले आरोप लगएको छ।

समूहले आज विज्ञप्ति जारी गर्दै फागुन ११ गतेको फैसला बमोजिम पुनःस्थापित प्रतिनिधि सभा उपयुक्त कारणबिना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले पुनः विघटन गर्नुले संवैधानिक पद्धति, संसदीय प्रजातन्त्र र न्यायिक पद्धतिको कार्यान्वयनमा उपस्थित चूनौतिहरु र अचिन्तित परिणामहरुको सम्बन्धमा गम्भीर विचलन आएको उल्लेख गरिएको छ ।

एकपटक विघटित प्रतिनिधि सभा सर्वोच्च अदालतबाट पुनःस्थापित भएको थाहा हुँदाहुँदै त्यसलाई उपेक्षा गरिएको समितिको ठहर छ। 

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १८:५७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology