Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

प्रतिनिधिसभा विघटन र निर्वाचनको मितितोक्ने निर्णय असंवैधानिक भएको बारको ठहर

प्रतिनिधिसभा विघटन र निर्वाचनको मितितोक्ने निर्णय असंवैधानिक भएको बारको ठहर

images

इच्छाकामना न्युज

१२, जेठ २०७८
प्रतिनिधिसभा विघटन र निर्वाचनको मितितोक्ने निर्णय असंवैधानिक भएको बारको ठहर
images

काठमाण्डौ, १२ जेठ । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटन र निर्वाचनको मितितोक्ने निर्णय असंवैधानिक रुपमा भएको भन्दै फिर्ता लिन माग गरेको छ । एशोसिएशनले विज्ञप्ति जारी गर्दै संविधानले निर्देशित गरेको प्रक्रिया अवलम्बन गरी संवैधानिक संकटको समाधान तथा निकास खोज्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी संविधान विपरीत प्रतिनिधिसभा विघटन तथा निर्वाचनको मिति तोक्ने निर्णय भएको प्रस्ट पारेको हो ।

संविधानको पालन र संरक्षण गर्ने कर्तव्य बोकेको राष्ट्रपतिबाट समेत प्रतिनिधिसभा विघटन गरी महामारीको विषम परिस्थितिका बीचमा पनि निर्वाचनको मिति घोषणा गरिएको भन्दै एशोसिएशनले आपत्ति जनाएको छ ।

एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को ४ बमोजिम ३० दिन भित्र विश्वासको मत लिनुपर्नेमा राजीनामा समेत नगरी मार्ग प्रशस्त गरेको छु भन्दै अर्को सरकार गठनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नु पनि असंवैधानिक कदम रहेको उल्लेख छ ।

सरकारको त्यस्तो सिफारिस पछि राष्ट्रपतिले एक दिन भन्दा कम समय दिइ संविधानको धारा ७६ को ५ बमोजिम अर्को सरकार गठनका लागि आह्वान गरेको तर आवश्यक बहुमत सहित विपक्षी गठबन्धनले प्रस्तुत गरेको दावीलाई अनदेखा गरिएको प्रति पनि एशोसिएशनले आपत्ति जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १८:५४:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology