Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नयाँ पार्टी गठन गर्ने तयारीमा खनाल-नेपाल समूह

नयाँ पार्टी गठन गर्ने तयारीमा खनाल-नेपाल समूह

images

इच्छाकामना न्युज

११, जेठ २०७८
नयाँ पार्टी गठन गर्ने तयारीमा खनाल-नेपाल समूह
images

काठमाडौं, ११ जेठ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका ११ जनालाई पार्टीबाट निष्कासन गरेसँगै उक्त समूह नयाँ पार्टी घोषणाबारे आन्तरिक छलफलमा जुटेको छ । समाचार स्रोतका अनुसार उक्त समूहको आन्तरिक छलफलपछि पार्टी अलग भएको घोषणासँगै नयाँ पार्टी गठनबारे समग्र जानकारी गराइने छ ।

विपक्षी गठबन्धनमा लागेर पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा सोमबार पार्टीको स्थायी समितिको बैठकले नेपाल-खनालसहित ११ जनालाई निष्कासन गरेको छ । पार्टीले पार्टीबाट निष्कासन गरेसँगै नेपाल-खनाल समूह पार्टी गठन गर्नेबारे आन्तरिक छलफलमा जुटिसकेको छ । समाचार स्रोतका अनुसार आन्तरिक छलफलपछि पार्टीको नयाँ नाम तय हुनेछ ।

साथै, नयाँ पार्टीको अध्यक्षको जिम्मेवारी नेपाल दिइने छ भने महासचिवमा भीम रावललाई जिम्मेवारी दिइने बताइएको छ । हाल नेपाल-खनाल समूहका योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका नेताहरु भने अझै पनि एकताको प्रयासमै रहेको छन् । उनीहरुले सोमबार सर्वोच्च अदालतमा विपक्ष दलसँगको गठबन्धनमा सामेल भएर हस्ताक्षर गरेका छैनन् । साथै, अब उनीहरुले कस्तो खालको भूमिका निर्वाह गर्छन् भन्नेबारेमा अन्योल रहेको छ ।

अध्यक्ष ओलीले यस्तै कदलम चाल्छन् भन्ने थाहा पाएपछि नेपाल समूहले एक महिनाअघिनै आफूनिकट नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता गराएको छ भने खनाल निकट कार्यकर्ताहरुले नेकपा एमाले (क्रान्तिकारी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

त्यस्तै, आयोगमा नेकपा समाजवादी पार्टी पनि दर्ताको लागि निवेदन परेको पनि बताइएको छ । सोमबार नेपाल–खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासनसँगै १२ जनालाई पनि स्पष्टीकरण सोधिएको छ । उनीहरुले चित्तबुझ्दो जवाफ नदिए निष्कासन गरिने एमालेले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - ०९:५६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology