Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्चमा जाँदै 

प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्चमा जाँदै 

images

इच्छाकामना न्युज

१०, जेठ २०७८
प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्चमा जाँदै 
images

काठमाण्डौ, १० जेठ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको घोषणाविरुद्ध विपक्षी दलहरू आज रिट लिएर सर्वोच्च अदालत जाने भएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग राख्दै रिट दायर गर्न लागेका हुन् ।

हिजो नै रिट लिएर जाने तयारी भए पनि नभ्याइएको जानकारी दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ११ बजे विपक्षी गठबन्धनमा रहेका सबै सांसद सर्वोच्चमा जान लागेको बताउनुभयो । विपक्षी मोर्चाले १ सय ४९ भन्दा धेरै सांसद सर्वोच्च जाने दावी गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटनको घोषणा गत शनिबार बिहान गर्नुभएको थियो । मध्यावधि निर्वाचनका लागि चुनावको मिति घोषणा गरिएपछि यो असंवैधानिक भन्दै विपक्षी मोर्चा असन्तुष्ट छ । 

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - ०९:११:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology