काठमाडौँ ९, जेठ । नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाएका छन । प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेवि संघका कार्यकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाएका हुन्। नेविसंघले बताए अनुसार ‘ओली–विद्या गठबन्धन’ ले मध्यरातमा संविधानको चीरहरण गरेको विरोधमा सांकेतिक विरोध स्वरुप गोबर उपहार पठाइएको जनाएको छ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई बानेश्वरमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर लत्पत्याएर विरोध जनाउने क्रममा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको छ। त्रिपाठीलाई विना सर्त रिहाई गर्न माग गरेको छ । अहिले प्रतिनिधिसभा विघटनका विरुद्ध विपक्षी दलका कार्यकर्ताहरुले सांकेतिक प्रदर्शन गरिरहेका छन् भने ५ विधार्थी संगठनले विरोधका कार्यक्रम सहित संयुक्त विज्ञप्ति समेत जारी गरीसकेको छ ।