Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

विपक्षी दलका सांसदहरूको भेला हुँदै, प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध हस्ताक्षर सङ्कलन गरिने 

विपक्षी दलका सांसदहरूको भेला हुँदै, प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध हस्ताक्षर सङ्कलन गरिने 

images

सिआईएन

९, जेठ २०७८
विपक्षी दलका सांसदहरूको भेला हुँदै, प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध हस्ताक्षर सङ्कलन गरिने 
images

काठमाण्डौ, ९ जेठ । प्रतिनिधि सभा विघटनको विरुद्ध कानुनी लडाइका लागि नेपाली काँग्रेससहितविपक्षी दलका सांसदहरूको भेला आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभाविघटनको विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने हिजोको विपक्षी गठबन्धनको बैठकले निर्णय गरेको थियो ।

त्यही प्रयोजनका लागि हस्तक्षर सङ्कलन लगायत कागजी प्रक्रिया पु¥याउन सांसदहरू एक ठाउँमा भेला हुन लागेका हुन् । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीले गलत नियतका साथ प्रतिनिधि सभा विघटन गरेका कारण कानुनी लडाईँका लागि आफूहरू बैठक बस्न लागेको सीआईएनसँग बताउनुभयो ।

आज बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा विपक्षी गठबन्धनका सांसदहरूको भेला हुँदै छ । रिट लेखन र हस्ताक्षर सङ्कलन कार्य सकिएमा आजै नभए भोलिसम्ममा सर्वाेच्च जाने तयारी विपक्षी दलहरूको छ । विपक्षी गठबन्धनमा काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सहभागी छन्।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो बिहान पौने २ बजे संसद् भंग गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावको घोषणा गर्नुभएको थियो । 

images
प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - १०:०४:२७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology