Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चीनको प्रयोगशालाबाटै कोरोना भाइरसको उत्पती भएको दाबी

चीनको प्रयोगशालाबाटै कोरोना भाइरसको उत्पती भएको दाबी

एजेन्सी

७, जेठ २०७८
चीनको प्रयोगशालाबाटै कोरोना भाइरसको उत्पती भएको दाबी
images

अमेरिकाले चीनको प्रयोगशालाबाटै कोरोनाभाइरसको उत्पती भएको दाबी गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको भाइरसको उत्पति बारै अझै एकिन तथ्य फेलानपरेको अवस्थामा बिभिन्न व्यक्तिहरुले आ–आफ्नै किसिमका दाबी गर्दै आएका छन् ।

images
images

अमेरिकी स्वास्थ्य अधिकारी डा रोशेल वालेन्स्कीले वुहान स्थित सङ्क्रामक रोग सम्बन्धी अध्ययन गर्ने संस्थामै कोरोना भाइरसको उत्पति भएको र त्यहीबाट चुहावट भइ यो भाइरस फैलिएको  हुन सक्ने दाबी गर्नुभएको हो ।  

अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन सीडीसी कानिर्देशक समेत रहनुभएकाडा वालेन्स्कीले चीनको प्रयोगशालामा कोरोना भाइरस उत्पत्ति भएको हुन सक्ने सम्भावना भएको बताउनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

सङ्क्रमणले विश्व आक्रान्त भइरहँदा यो कसरी फैलियो भन्ने विषय रहस्यकै गर्भमा छ । यस विषयमा कसैले प्राकृतिक रुपमा भाइरसको विकास भएको दाबी गरेका छन् भने केहीले चीनको प्रयोगशालामा कोरोना भाइरसको विकास गरिएको र त्यहीबाट चुहिएर फैलिएको हुनसक्ने बताएका छन् ।

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - १८:४१:३४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology