देवघाट, ७ कार्तिक ।
तनहुँको देवघाट गाउँपालिकाले झण्डा पुजा गरेर फुलपाती मनाएको छ। गाउँपालिकाले दशैंको सप्तमी फुलपातीको दिन गाउँपालिकामा रहेको राष्ट्रिय झण्डामा पूजा गरेर मनाएको हो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले दुर्गामाताको पुजा र राष्ट्रिय झण्डमा पुजा गर्दै सम्पूर्ण गाउँपालिकावासीलाई बडा दशैको शुभकामना दिनुभयो। शुभकामना व्यक्त गर्ने क्रममा यो बेला कोरोना महामारीको प्रभाव रहेकोले सजग र सचेत रहेर चाडपर्व मनाउन अध्यक्ष थापाले आग्रह गर्नुभयो।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरि सापकोटाले पनि झण्डा पुजा गर्दै आफ्नो स्वास्थ्यलाई ख्याल राखि दशै मनाउन सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रममा वडा नं. ५ का वडा सदस्य ठाकुर कुमारी काफ्ले, फुलमाया वि.क., सूचना अधिकारी गोविन्द सापकोटा, योजना शाखा प्रमुख रामप्रसाद सापकोटा लगायत कार्यालयका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो।