Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकाद्वारा घ्याल्चोकमा अक्सिजन सहित १० बेडको कोभिड अस्पताल तयार

गोरखाको गण्डकी गाउँपालिकाद्वारा घ्याल्चोकमा अक्सिजन सहित १० बेडको कोभिड अस्पताल तयार

गोरखाको गण्डकी गाउँपालिकाद्वारा घ्याल्चोकमा अक्सिजन सहित १० बेडको कोभिड अस्पताल तयार
images

घ्याल्चोक, १ जेठ । गोरखाको गण्डकी गाउँपालिकाले घ्याल्चोकमा अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल तयार पारेको छ । गाउँपालिकाले पछिल्लो समय फैलिरहेको कोभिड १९ भाइरसको दोस्रो भेरियन्ट सङ्क्रमित नागरिकको उपचारका लागि वडा नं. ८ स्थित घ्याल्चोक स्वास्थ्य चौकीमा १० बेडको अस्थायी कोभिड अस्पताल तयार पारेको हो ।

images
images

birma.jpg

अस्पतालमा मेडिकल अफिसर डा. विकास दुवाडी सहितको मेडिकल टिम र ८ वटा अक्सिजन सिलिण्डर तयारीमा अवस्थामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङले जानकारी दिनुभयो । अस्पतालमा राखिएको बिरामी थप उपचारका लागि अन्यत्र अस्पताल पठाउन सहज हुने भएकाले घ्याल्चोकमा अस्थायी कोभिड अस्पताल बनाईएको उहाँले बताउनुभयो ।

यस्तै पछिल्लो समय गाउँपालिकामा ३३ जना सक्रिय कोरोना सङ्क्रमित रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले जानकारी दिनुभयो । शाखा प्रमुख श्रेष्ठका अनुसार गाउँपालिकाका ३६ जनामा कोरोना सङ्क्रमण देखिए पनि ३ जना उपचार पछि डिष्चार्ज भएको, ४ जना गाउँपालिका भन्दा बाहिरको अस्पतालमा उपचाररत रहेको बाँकी २९ जना होम आईसोलेसनमा रहेको उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसैगरी गाउँपालिकाको कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सेवा बाहेक गाउँपालिकाको सम्पूर्ण सेवा भने बुधबार देखि नै बन्द छ । 

images
प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - १९:१७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology