काठमाण्डौ, १ जेठ । सर्वोच्च अदालतले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै मुद्दाको बहस–पैरवी भर्चुअल विधिबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको पूर्ण बैठकले संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषयहरुलाई प्रविधिको प्रयोग गरी निरन्तर सुनुवाई गर्ने निर्णय गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
आज विज्ञप्ति निकालेर पूर्ण बैठकले १४ वैशाखमा गरेका निर्णयलाई १३ जेठसम्म जारी राख्ने र नेपालको संविधानको धारा १३३ र १३७ अन्तर्गत पर्न आउने जरूरी प्रकृतिका रिट निवेदनको दर्ता र सुनुवाइ सम्बन्धी कामकारबाही गर्ने निर्णय गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
सर्वोच्चले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरूले कोभिड संक्रमणको स्थानीय परिस्थिति विश्लेषण गरी निर्णय गर्नसक्ने निर्णय गरेको छ।