भुम्लिचोक, २९ बैशाख । गोरखाको गण्डकी गाउँपालिकामा आज एकैदिन २६ जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा गाउँपालिकाका २६ जनामा कोरोना संक्रमण देखिएको देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमित हुनेहरुमा गाउँपालिकाको वडा नम्बर २ मा ७ जना, ६ मा २ जना, ७ मा ६ जना र ८ मा ११ जनामा कोरोना संक्रमण देखिएको कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो ।
यो सँगै गाउँपालिकामा कोरोना संक्रमित हुनेको संख्या ३५ पुगेको छ।