Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कांग्रेस गोरखाले पार्टी कार्यालय भवनलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बनाउन दिने

कांग्रेस गोरखाले पार्टी कार्यालय भवनलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बनाउन दिने

images

इच्छाकामना न्युज

२७, बैशाख २०७८
कांग्रेस गोरखाले पार्टी कार्यालय भवनलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बनाउन दिने
images

गोरखा, २७ बैशाख । नेपाली काङ्ग्रेस गोरखाले सदरमुकामस्थित पार्टी कार्यालयको भबन कोभिड बिरामीलाई उपचार गर्न आइशोलेसन बनाउन दिने भएको छ ।

ठाउँ अभावका कारण कोरोना संक्रमितलाई अस्पतालको आँगनमा राखेर उपचार गर्नुपर्ने अवस्था भएकाले गोरखा नगरपालिका ६ तीनधारेस्थित बिपी गणेशमान स्मृति भबन आइशोलेसनको रुपमा प्रयोग गर्न दिने जिल्ला सभापति हरिबहादुर घलेले बताए ।

184432978_4135263513162659_6628564235035074576_n.jpg

‘जनताले उपचार नपाएर मर्ने अवस्था आउनु भएन’ उनले भने ‘जिल्लामा अन्यत्र ठाउँ नपाएको भन्ने सुनेपछि मैले काङ्ग्रेस पार्टी कार्यालय आइसोलेशन बनाउन दिने निर्णय गरेको हो ।’ सो कार्यालयमा रहेको भबनको दुईवटा हलमा आईशोलेसन बनाउन सकिने उनले बताए ।

काङ्ग्रेसको आइशोलेसन बनाउन दिने भनिएको पार्टी कार्यालयको हलको निरीक्षण भईसकेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

गोरखा नगरपालिका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रजिअ पौडेल, सुरक्षा निकायका प्रमुख, गोरखा अस्पतालका डाक्टर सहितको टोलीले काङ्ग्रेस पार्टी कार्यालय भबनको स्थलगत अवलोकन गरिसकेको छ । चिकित्सकले उक्त ठाउँ आइशोलेसन बनाउन उपयुक्त रहेको बताएका छन् ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - २२:०६:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology