Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदै 

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदै 

images

इच्छाकामना न्युज

२७, बैशाख २०७८
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदै 
images

काठमाण्डौ, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैहुनुहुन्छ । संघीय संसद भवनमा दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

यस क्रममा उहाँले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउनुहुनेछभने बहुमत ल्याउन नसके प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ।

यसैबीच आफ्नै पार्टी नेकपा एमालेको असन्तुष्ट पक्ष झलनाथ खनाल र माधवकुमार नेपालनिकट सांसदले प्रधानमन्त्री ओलीलाई आफूहरूले भनेअनुसार पार्टीलाई २०७५ जेठ २ अर्थात् माओवादी केन्द्रसँग एकताभन्दा अघिको अवस्थामा फर्काउन राजी नभए सामूहिक राजीनामा दिने बताइसकेका छन् । त्यसका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अहिले बिहान ९ बजेसम्मको अल्टिमेटम दिईएको छ ।

विश्वासको मत माग्नुअघि सहमति भएन र नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिए भने प्रधानमन्त्री ओलीलाई बहुमत नपुग्ने निश्चित छ। त्यसपछिउहाँले पदबाट राजीनामा दिनुपर्नेछ । खनाल/नेपाल पक्षका सांसदले हिजै राजीनामा दिने तयारी गरेका थियो। तर ओली पक्षको अनुरोधपछि उनीहरूले लामो छलफलपछि सहमतिका लागि आज बिहानसम्म पर्खने निर्णय गरेका हुन् ।

त्यसका लागि आज बिहान साढे ९ बजे खनाल÷नेपाल पक्षका सबै सांसदलाई सिंहदरबारमा बोलाइएको छ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - ०९:२७:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology