काठमाण्डौ, २३ बैशाख । गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौंको सुन्धारा स्थित न्युरो अस्पतालमा उपचारको क्रममा आज दिउँसो उहाँको निधन भएको परिवारले जनाएका छन् ।
सुन्धारा स्थित काठमाडौं न्यूरो अस्पतालमा उहाँलाई डाक्टर रवि शाही र डाक्टर रामगोपाल नेम्कुलले हेरिरहेको थियो । ८५ वर्षीय प्रधान वैशाख १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।
गोरेटो त्यो गाउँको, घुम्तीमा नआउ है, नमान लाज यस्तरी, पर लैजाउ फूलहरु, तिमीलाई अचेल कहाँ भेटूँ जस्ता लोकप्रिय गीतमा स्वर दिनुभएका प्रधान सिन्धुपाल्चोकको चौतारामा जन्मिनुभएको हो । उहाँलाइ गोल्डेन भ्वाइस अफ नेपाल भनेर चिनिन्छ ।