Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि 

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि 

इच्छाकामना न्युज

१७, बैशाख २०७८
पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि 
images

काठमाण्डौ, १७ बैशाख । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा ५ हजार ६५७ जना र ५२ सय ५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

images
images

आज उपत्यकामा झण्डै तीन हजार जनामा कोरोना भाइरस पुष्टि भएको छ । काठमाडौंमा दुई हजार ४ सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ गरी २ हजार ९ सय ५६ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

जसमध्ये ३८ हजार ८ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  सक्रिय सङ्क्रमितमध्ये ३६ हजार १ सय ३५ जना होम आइसोलेसन र दुई हजार ६ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमितमध्ये ३ सय ३१ जना आईसीयूमा र १ सय १५ जना भेन्टिलेटरमा रहेका छन् ।

 कोरोना भाइरस सङ्क्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या ९ सय २८ रहेको छ । 

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - २०:१२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology