Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यसै शैक्षिक सत्रबाट कक्षा ११ नयाँ पाठ्यक्रम लागु हुने

यसै शैक्षिक सत्रबाट कक्षा ११ नयाँ पाठ्यक्रम लागु हुने

इच्छाकामना न्युज

३, कार्तिक २०७७
यसै शैक्षिक सत्रबाट कक्षा ११ नयाँ पाठ्यक्रम लागु हुने
images

काठमाण्डौ, ३ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ (हिसान) लगायतले असहमित जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल सिर्जना भएकाले आज मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो ।

images
images

मन्त्रालयका उपसचिव विदुरराज गिरीले आज विज्ञप्ति जारी गरी ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने जनाएका हुन् ।

उक्त नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषयमा समावेश गरिएको छ । मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनबारे अनुगमन गर्न स्थानीय तहलाई आग्रह पनि गरेको छ । नयाँ पाठ्क्रमबारे पाठ्यक्रम विकास केन्द्रले यसअघि सूचना जारी गरिसकेको छ । पाठ्यक्रमको मुद्रणीय प्रति प्रकाशन तथा शिक्षक अभिमुखीकरणको तयारी गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १९:१२:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology