Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मुग्लिनका सगरमाथा आरोही कुमार गुरुङ सहित चार आरोहीलाई कोरोना संक्रमण, आरोहण असफल

मुग्लिनका सगरमाथा आरोही कुमार गुरुङ सहित चार आरोहीलाई कोरोना संक्रमण, आरोहण असफल

इच्छाकामना न्युज

१४, बैशाख २०७८
मुग्लिनका सगरमाथा आरोही कुमार गुरुङ सहित चार आरोहीलाई कोरोना संक्रमण, आरोहण असफल

मुग्लिन, १४ बैशाख । “सिराइचुली देखि सगरमाथा सम्म” भन्ने मूल नाराका साथ चितवनको पर्यटन प्रवद्धन गर्ने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न गएका मुग्निलका आरोही कुमार गुरुङ लगायत अन्य चार आरोहीलाई पनि कोरोना संक्रमण भएको छ ।

images

सगरमाथा आरोहणको क्रममा क्याम्प टु मा पुगेपछि स्वास्थ्यमा केही असजिलो महसुस भएपछि आरोहणलाई बिचमा नै छोडेर बेस क्याम देखी करिब डेढ घण्टामा हेलिकप्टरबाट काठमाडौसम्म ल्याईयका थिए।

त्रिभुवन विमानस्थलबाट सिधै इरा हेल्थ सेन्टर सोह्रखुट्टे आई स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

आरोही कुमार गुरुङ सँगै स्वास्थ्य अवस्था बिग्रेर फर्केका अन्य चार आरोहीको पनि स्वाब परीक्षण गर्दा सबैमा कोरोना पोजेटिभ देखिएको हो ।

आरोही कुमार गुरुङले बेस क्याम सम्म घुम्न आउने भारतीय पर्यटकहरूको अत्याधिक भीड भएको हुँदा भारतीय पर्यटकहरुबाट नै कोरोना फैलिएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

उनका अनुसार सगरमाथा आरोहणमा गएका कैयौ भरिया शेर्पाहरूको पनि स्वास्थ्य अवस्था बिग्रिएको हुँदा अन्य आरोही एवं भरियाहरुमा पनि कोरोना संक्रमण फैलियको हुन सक्ने जनाएको छ ।

आरोही गुरुङको अहिले सोही हेल्थ सेन्टरमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था पनि सामान्य नै रहेको छ ।

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - २१:१४:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology