Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामनाका ३ जना सहित चितवनका ८३ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामनाका ३ जना सहित चितवनका ८३ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामना न्युज

३, कार्तिक २०७७
इच्छाकामनाका ३ जना सहित चितवनका ८३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, ३ कार्तिक
चितवनका थप ८३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
आईतबार भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा ४ सय ३१ नमुना परीक्षण गरिएको ४९ जना र बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ मोलिक्यूलर ल्याबमा गरिएको परीक्षणमा ३४ जना गरी चितवनका ८३ जनामा  संक्रमण पुष्टि भएको हो। 
संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका १८ पुरुष र १६ महिला, राप्ती नगरपालिकाका ३ महिला, खैरहनी नगरपालिकाका २ पुरुष,१ महिला, रत्ननगर नगरपालिकाका २ पुरुष ३ महिला,कालिका नगरपालिकाका १ पुरुष र इच्छाकामना गाँउपालिकाका ३ पुरुष रहेका छन।
यस्तै बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मोलिक्यूलर ल्याबमा गरिएको परीक्षणमा ४६ जनामा कोरोना पुष्टि भएकोमा चितवनका मात्रै ३४ जना रहेका छन।
यस्तै भरतपुर अस्पतालमा गरिएको नुमना परिक्षणमा नवलपरासीका १ पुरुष १ महिला र पर्साका ४ पुरुष १ महिलाको संक्रमण पुष्टि भएको छ। उनिहरुको भरतपुरका विभिन्न अस्पताल र क्वारेन्टिनबाट श्वाब संकलन गरिएको थियो ।

images

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १०:०९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology