कुरिनटार, ६ बैशाख । चितवनको इच्छाकामनाको चुमखोलादेखि फिस्लिङ र आसपासका क्षेत्रमा भोली बिहान १० बजेपछि मात्र बविद्युत सेवा सुचारु हुने भएको छ । शनिबारको हावाहुरीले पोल ढाल्नुका साथै तार छिनाएपछि विद्युत अवरुद्ध बनेको हो ।
डहकीखोला र चुमखोलाको बिचमा लाइन सप्लाइ गर्ने क्रममा छिनेको तार जडान गर्न भोली मंगलबार विहान १० बजे सम्म लाग्न सक्ने मस्र्याङ्दी बहुदेश्यीय सहकारी संस्था लि मुग्लिनका प्रबन्धक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार इच्छाकामनाको चुमखोलादेखि फिस्लिङ सम्म र गोरखाको गण्डकी गाउँपालिकाका क्षेत्रहरुमा भोली विहान १० बजेपछि मात्र विद्युत सेवा सुचारु हुने छ ।
शनिबारको हावाहुरीले १० वटा पोल ढाल्नुका साथै विद्युतको तार छिनाउँदा अवरुद्ध भएको विद्युत सेवा आज कुरिनघाट सम्म सुचारु गरिएको उहाँले जानकारी दिनुभयो ।