Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजपनि देशका विभिन्न स्थानमा मौसम बदली रहने: मौसम विभाग 

आजपनि देशका विभिन्न स्थानमा मौसम बदली रहने: मौसम विभाग 

इच्छाकामना न्युज

५, बैशाख २०७८
आजपनि देशका विभिन्न स्थानमा मौसम बदली रहने: मौसम विभाग 
images

चितवन, ५ बैशाख । जल तथा मौसम विज्ञान विभागले आजपनि देशका विभिन्न स्थानमा मौसम बदली रहने बताएको छ । केही दिनदेखि जारी हावाहुरी, असिनासहितको वर्षा अझै केहीदिनरहने विभागले जनाएको हो ।

images
images

विभागका अनुसार आज पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। विभागले जारी गरेको बुलेटिन अुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ।

देशका केही पहाडी भू–भागमा अपराह्नतिर मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

images
प्रकाशित मिति :बैशाख ५, २०७८ आइतवार - ०९:००:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology