आँबुखैरेनी, ३ वैशाख । गएराति आएको हावाहुरीले तनहुँ आँबुखैरेनी गाउँपालिकामा रहेका २ वटा विद्यालयमा क्षति पु¥याएको छ। हावाहुरीले आँबुखैरेनी गाउँपालिकाको वडा नंं ६ स्थित घलडाडाँमा रहेको छिम्केश्वरी प्रावि र वडा नंं ४ मा रहेको आमडाँडाबेशीको चण्डेश्वरी आधारभुत विद्यालयको छाना उडाएको हो।
हावाहुरीले छाना उडाएपछि छिम्केश्वरी प्रावि घलडाँडाको भवन । तस्वीरः सुर्यमानसिं गुरुङ
छिम्केश्वरी प्रावि घलडाडाँको छाना उडाएपछि विद्यार्थीलाई पठनपाठन गर्न असहज भएको विद्यालयले जनाएको छ। विद्यालयको एउटा भवनको बिचको आधा भागको पूरै छानो उडाएको स्थानीय शिक्षक सुर्यमानसिं गुरुङले जानकारी दिएको छ।
हावाहुरीले छाना उडाएपछि चण्डेश्वरी आधारभुत विद्यालय आमडाँडाबेसीको भवन
यस्तै आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित आमडाँडाबेशीमा रहेको चण्डेश्वरी आधारभुत विद्यालयको पनि छाना उडाएको विद्यालयका प्रध्यानध्यापक कुवेर ढकालले जानकारी दिएको छ। प्रअ ढकालका अनुसार हावाहुरीले विद्यालयको ५ वटा कोठा भएको एउटा भवनको पूरै छाना उडाएर क्षतविक्षत पारेको छ। हावाहुरीले विद्यालयमा क्षति पु¥याएपछि पठनपाठन गर्न अप्ठ्यारो भएको उनले बताए।

