Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

घटस्थापनाको शुभ साईतमा मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखियो

घटस्थापनाको शुभ साईतमा मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखियो

इच्छाकामना न्युज

२, कार्तिक २०७७
घटस्थापनाको शुभ साईतमा मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखियो
images

मनकामना, २ कार्तिक । देशकै चर्चित धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा दशैंको लागि जमरा राखिएको छ। घटस्थापनाको शुभसाईतमा शनिबार मनकामना मन्दिरमा पनि दशैंका लागि जमरा राखिएको हो। 
मन्दिरका पुजारी इन्सान थापाले दिनुभएको जानकारी मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको छ। परम्परा अनुसार बिगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण सोही अनुसार नित्य पुजा गरि जमरा राखिएको मूलपुजारी थापाले जानकारी दिनुभयो। गणेश र कलश स्थापना गरि दुवै ठाउँमा जमरा राखिएको उहाँको भनाई छ। 
कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढी रहेको भन्दै गोरखा जिल्ला भित्रका सवै शक्ति पिठहरुमा नित्य पुजा बाहेकका सर्व साधारणलाई पुजाआजा गर्न रोक लगाइएको कारण मन्दिर भने सर्वसाधारणको लागि खुल्ला हुनेछैन।

images
images

images
प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार - ०८:४७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology