Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायामा हामी...’ सार्वजनिक

गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायामा हामी...’ सार्वजनिक

इच्छाकामना न्युज

१३, आश्विन २०७७
गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायामा हामी...’ सार्वजनिक
images

काठमाडौं- विश्व कीर्तिमानी भएको छ । डा. उपाध्यायको अक्षर अक्षरको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा एउटा अक्षरमा पुरुषको स्वर र अर्को अक्षरमा नारीको स्वर रहेको छ ।

images
images

सार्वजनिक गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने वविन ढुंगाना र रिता केसीले स्वर दिनुभएको छ । यो फरक शैलीको गीतले केही समयअघि विश्व रेकर्ड राख्न सफल भएको थियो । यो गीत उपाध्यायको केही समयअघि सार्वजनिक एल्वम ‘चहानाको महल’मा समावेस छ ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । त्यही मध्येको यो एउटा गीत हो ‘चहानाको महल’ ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको छ । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् उहाँका । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०९:५५:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology