Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बेलायतमा आष्ट्राजेनेका भ्याक्सिन लगाएका ७ जनाको मृत्यु, नेपालमा भने साइडइफेक्ट देखिएको छैन

बेलायतमा आष्ट्राजेनेका भ्याक्सिन लगाएका ७ जनाको मृत्यु, नेपालमा भने साइडइफेक्ट देखिएको छैन

एजेन्सी

२३, चैत्र २०७७
बेलायतमा आष्ट्राजेनेका भ्याक्सिन लगाएका ७ जनाको मृत्यु, नेपालमा भने साइडइफेक्ट देखिएको छैन
images

बेलायतमा कोरोनाबिरुद्धको आष्ट्राजेनेका भ्याक्सिन लगाएपछि ७ जनाको रगत जम्ने समस्याका कारण मृत्यु भएको बेलायतको औषधी तथा हेल्थकेयर उत्पादन नियामक एजेन्सी एमएचआरएले शनिबार जनाएको छ । तर कोरोना संक्रमण रोक्न यो खोप प्रभावकारी नै रहेको एमएचआरए, युरोपियन मेडिसिन एजेन्सी र विश्व स्वास्थ्य संगठनले बताएका छन् ।

images
images

एजेन्सीले बिहीबार मात्र बेलायतमा रगत जम्ने समस्या भएका २५ वटा नयाँ केसहरु रिपोर्ट गरेको थियो । जसका कारण यस्तो समस्या देखिनेहरु ३० पुगेका छन् । तर, यो समस्या वास्तविक खोपको कारण हो वा संयोगमात्र हो भन्ने बारेमा अझै स्पष्ट भैसकेको छैन । त्यस्तै बेलायतमा फाइजर भ्याक्सिन लगाएका कसैमा पनि रगत जम्ने समस्या देखिएको छैन ।

बेलायतमा १८ मिलियनभन्दा धेरै भ्याक्सिनका डोजहरु डेलिभर गर्दा ७ जनाको मृत्यु भएको खबर आएको हो । गतमार्चमा अधिकांश युरोपका सहित झण्डै एकदर्जन देशहरुले यो भ्याक्सिनको वितरण नै बन्द गरेका थिए । तर पछि अधिकांशले पूर्णरुपमा र केहीले आंशिकरुपमा यो भ्याक्सिनको वितरण सुचारु गरेका थिए ।

नेपालमा गत माघ १४ देखि यो भ्याक्सिन वितरण गरिएकोमा लाखौंले यो भ्याक्सिन लगाइसकेका छन् । अष्ट्राजेनेकाको भारतमा उत्पादित भर्सन कोभिशिल्ड नेपालमा वितरण गरिएको हो । तर नेपालमा अहिलेसम्म यो भ्याक्सिनबाट कुनै गम्भिर प्रकारको साइड इफेक्ट भएको खबर भने आएको छैन ।

अमेरिकामा भने यो भ्याक्सिन अझै प्रयोगमा आएको छैन । यूकेमा गरिएको परीक्षणमा केही अनौठा र अमिल्दा तथ्यांकहरु देखिनुका साथै यसमा एउटा गम्भीर प्रकारको गल्ती देखिएका कारण अमेरिकामा आपतकालिन प्रयोगको अनुमतिका लागि आवेदन दिनमा समेत ढिलो भएको हो ।

images
प्रकाशित मिति :चैत्र २३, २०७७ सोमवार - ०७:२९:२४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology