Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

इच्छाकामना न्युज

१, कार्तिक २०७७
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि
images

काठमाण्डौ, १ कार्तिक
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १५ हजार ४ सय ३८ जनाको नमुना परीक्षण गर्दा ३ हजार एक सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ । आज थपिएका मध्ये १७ सय ४६ जना कोरोना सङ्क्रमित काठमाण्डौ उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार काठमाण्डौमा एक हजार चार सय ५१, ललितपुरमा एक सय ५२ र भक्तपुरमा एक सय ४३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा १ हजार ८ सय जना कोरोना सङ्क्रमणबाट निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या ८९ हजार आठ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३८ हजार सात सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा थप १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता  डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।

images
images

images
प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - १७:०९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology