Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सर्जक सानुकाजी थापाको कृति ‘अनावरण’ को विमोचन

सर्जक सानुकाजी थापाको कृति ‘अनावरण’ को विमोचन

इच्छाकामना न्युज

१४, चैत्र २०७७
सर्जक सानुकाजी थापाको कृति ‘अनावरण’ को विमोचन
images

आँबुखैरेनी, १४ चैत । तनहुँ आँबुखैरेनी निवासी पूर्व शिक्षक एवं सर्जक सानुकाजी थापाको कृति ‘अनावरण’को विमोचन भएको छ। थापाको कृति ‘अनावरण’को आज आँबुखैरेनीमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको हो।

images
images

IMG_0117.jpg

आँबुखैरेनी स्रष्टा समाजले आयोजना गरेको स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक, सौन्दर्य चिन्तक प्राध्यापक डा. जगदिशचन्द्र भण्डारी विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, समाजका अध्यक्ष अनिल श्रेष्ठ लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए। कार्यक्रममा विमोचित कृति माथि समालोचक डा. कृष्णराज अधिकारी र तेजविलास अधिकारीले समिक्षा गरेका थिए।

166233765_1648643228659563_3681010211333599609_n.jpg

पुस्तकमा ७ वटा अनुभुति, २५ वटा कविता र १४ वटा कथा रहेका छन्। पुस्तक आँबुखैरेनी स्रस्टा समाज आँबुखैरेनीले प्रकाशन गरेको हो।

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - २१:५९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology