Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

संसदीय दलको बैठकमा प्रायः सबै सांसद उपस्थित भएसँगै जोगियो एमालेको विभाजन

संसदीय दलको बैठकमा प्रायः सबै सांसद उपस्थित भएसँगै जोगियो एमालेको विभाजन

इच्छाकामना न्युज

१४, चैत्र २०७७
संसदीय दलको बैठकमा प्रायः सबै सांसद उपस्थित भएसँगै जोगियो एमालेको विभाजन
images

काठमाडौं, १४ चैत । विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) अन्ततः विभाजनबाट जोगिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा असन्तुष्ट पक्षका प्रायः सबै सांसद उपस्थित भएपछि एमालेमा देखिएको विवाद बिस्तारै मत्थर हुने अवस्थामा पुगेको छ ।

images
images

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका प्रायः सबै सांसद उपस्थित थिए । वरिष्ठ नेता नेपाल र अर्का नेता भीम रावलबाहेक अन्य सबै सांसद संसदीय दलको बैठकमा सहभागी भएर आफ्नो कुरा राखेका थिए ।

यसअघि अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गर्दै आइरहेका नेपाल खनाल समूहका प्रायःजसो सबै सांसद बैठकमा सहभागी भएपछि एमाले विभाजनको सम्भावना टरेको हो ।

यसअघि शुक्रबार बसेको असन्तुष्ट पक्षको अनौपचारिक बैठकले पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको थियो । सो निर्णय गर्दै असन्तुष्ट पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागिता जनाएको थियो । तर, वरिष्ट नेता नेपाल र अर्का नेता भीम रावल भने बैठकमा अनुपस्थित भएका थिए ।

फरकफरक समूह बनाएर छुटाछुट्टै बैठक गरिरहेका दुवै समूह एउटै बैठकमा सहभागी भएर आफ्ना कुरा राख्ने परम्पराका विकास गरेपछि पार्टी फुटबाट जोगिएको कार्यकर्ताको विश्लेषण छ । यसलाई आम कार्यकर्ताले सकारात्मक रूपमा लिएका छन् ।

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - ०८:४०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology