गायक रबिन गुरुङ र गायिका शर्मिला गुरुङको जादुमय स्वरमा सजिएको नयाँ सालैजो गित (साँझैको बेला)सार्बजनिक भएको छ । रबिन गुरुङको युट्युब च्यानलबाट चैत्र १३ गते सार्बजनिक भएको यसै गीतका गायक तथा समाजसेबी रबिन गुरुङले नै जानकारी दिएका छन्।
गुरुङ मगर समुदायमा ज्यादै प्रचलित लोकभाकामा आधारित सलैजो गीतमा चर्चित गायक तथा डन्सर श्याम राणा मगर र अरुसि मगरको बेजोड प्रस्तुति रहेकोछ।
यस गितमा सुरज लामिछानेको शब्द संगित, जुजु गुरुङ को एरेन्ज , बिपिन छेत्रीको छायांकन , सुमन थापा मगरको निर्देशन तथा कोरियोग्राफी ,चन्द्र गुरुङ को मेक अप, सम्पादन तथा कलर प्रबिन रेस्मि मगरको रहेको गायक रबिन गुरुङ ले बताउनु भएको ।
यस गितको छायांकन पर्यटकिय गाउँ आजिरकोट गाँउपालिका टुटुवान गाउँमा गरिएको हो ।