Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

कात्तिक १६ सम्म देशभर सात हजार ६८८ विपद्का घटना

कात्तिक १६ सम्म देशभर सात हजार ६८८ विपद्का घटना

images

इच्छाकामना न्युज

१७, कार्तिक २०८३
कात्तिक १६ सम्म देशभर सात हजार ६८८ विपद्का घटना
images

काठमाडौँ । चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् । उक्त घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंश, पहिरो, बाढी, चट्याङ, आगलागी, लेक लाग्ने, जनावरको आक्रमण, हिउँपहिरो, हावाहुरी, भारी वर्षा, डुङ्गा पल्टिने, वन डढेलो, विस्फोटन, असिना र भूकम्पलगायतका विपद्का घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार उक्त अवधिमा पहिरोबाट एक हजार ७३५, सर्पदंशका एक हजार ६६८, आगलागीका एक हजार ६४१, भारी वर्षाका ५९३, हावाहुरीका ५३७, बाढीका ४६६, जनावरको आक्रमणका ४१७ र चट्याङका ३३३ घटना भएका छन् । त्यसैगरी, वन डढेलोका १९२, लेक लाग्नेका ७९, हिउँपहिरोका छ, भूकम्पका नौ, असिनाका चार, डुङ्गा पल्टिनेका दुई, विस्फोटनको एक र अन्य पाँच घटना भएका छन् ।

विपद्का घटनामा परी सर्पदंशबाट ११६, पहिरोबाट ७७, बाढीबाट ४१, चट्याङबाट ३६, आगलागीबाट ३२, लेक लागेर २७, जनावरको आक्रमणबाट २३, हिउँपहिरोबाट १९, हावाहुरीबाट १६, भारी वर्षाबाट सात, डुङ्गा पल्टिएर पाँच, वन डढेलोबाट एक, विस्फोटनबाट एक र अन्य घटनामा पाँच जनाको मृत्यु भएको छ ।

विपद्का घटनामा परी हालसम्म दुई हजार ५२९ जना घाइते भएका छन् भने नौ हजार ८५७ परिवार विस्थापित भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । भदौ १० गतेको रसुवाको भोटेकोशीको बाढीको बिस्तृत क्षति विवरण प्रणालीमा समाविष्ट गर्न बाँकी रहेकाले यो तथ्याङ्कमा उल्लेख नगरिएको प्राधिकरणले जनाएको छ ।

 
 

images
प्रकाशित मिति :कार्तिक १७, २०८३ सोमवार - १४:४२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology