Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

सम्राको शतकमा चम्कियो क्यानडा, नेपाललाई २५७ रनको लक्ष्य

सम्राको शतकमा चम्कियो क्यानडा, नेपाललाई २५७ रनको लक्ष्य

images

इच्छाकामना न्युज

१, कार्तिक २०८३
सम्राको शतकमा चम्कियो क्यानडा, नेपाललाई २५७ रनको लक्ष्य
images

काठमाडौं । ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाललाई २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो । सम्राले ११७ बलमा १०५ रन बनाए ।

आरोज जोनसनले ३६, हर्ष थाकरले ३४ तथा हम्जा तारिकले ३० रन बनाए । एक समय २१९(३ को अवस्थामा रहेको क्यानडाले त्यसपछि निरन्तर विकेट गुमायो ।

नेपालका ललित राजवंशीले १० ओभरमा ३९ रन दिएर ४ विकेट लिए । सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट लिए ।

जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई हराइसकेको छ । क्यानडाले सुरुवाती दुई खेलमा ओमान र नेपालसँग हार बेहोरेपछि बिहीबार ओमानलाई पराजित गरेको थियो ।

लिग २ अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौंमा छ ।

आजको खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल छैटौं हुने पक्का हुनेछ । यदि नेपाल पराजित भएमा क्यानडा छैटौंमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ ।

 

 

images
प्रकाशित मिति :कार्तिक १, २०८३ शनिवार - १४:४८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology