Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

चाडपर्वमा ३ हजार ५०६ प्रहरी परिचालन, तालिमप्राप्त कुकुरसम्म तैनाथ

चाडपर्वमा ३ हजार ५०६ प्रहरी परिचालन, तालिमप्राप्त कुकुरसम्म तैनाथ

images

इच्छाकामना न्युज

२८, आश्विन २०८३
चाडपर्वमा ३ हजार ५०६ प्रहरी परिचालन, तालिमप्राप्त कुकुरसम्म तैनाथ
images
काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायत आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाडपर्वमा नागरिकलाई सुरक्षित रूपमा आवतजावत तथा किनमेल गर्ने वातावरण बनाउन बजार, बसपार्क, सार्वजनिकस्थल र वित्तीय संस्थाको आसपासमा सुरक्षा निगरानी बढाइएको छ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार परिचालित प्रहरीमध्ये १०० जना सादा पोसाकमा खटिएका छन्। उनीहरूले भीडभाड हुने स्थानमा निगरानी गर्ने र शंकास्पद गतिविधि पहिचान गरी सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग गर्नेछन्।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरीले नियमित गस्तीका साथै ड्रोन क्यामेरा, सामाजिक सञ्जाल, सामुदायिक सेवा केन्द्र तथा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको जनाएको छ।

चाडपर्वका समयमा किनमेल गर्ने, घर फर्किने र आफन्तकहाँ जाने नागरिकको चहलपहल बढ्ने भएकाले चोरी, पाकेटमारी तथा ठगीजस्ता घटना हुन नदिन विशेष सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी लागू गरिएको सुरक्षा योजनाअन्तर्गत सम्बन्धित प्रहरी वृत्तका प्रमुखलाई जिम्मेवारी दिइएको छ। आवश्यकताअनुसार तत्काल प्रहरी परिचालन गर्ने तथा सुरक्षा अवस्थाको नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

यसैबीच, प्रहरीले सर्वसाधारणलाई आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन र कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

 

images
प्रकाशित मिति :आश्विन २८, २०८३ बुधवार - १३:३७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology