म्यानचेस्टर सिटी, एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गयराति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
एभर्टनको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान र केभिन डी ब्रुएनले एक–एक गोल गर्नुभयो ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम पाँच मिनेट भित्र सिटीले दुई गोल गरेको थियो ।
खेलको ८४ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाउनुभयो । त्यसपछि खेलको इन्जुरी समयमा ब्रएनले गोल गर्दै सिटीलाई २–० को जित दिलाउनुभयो । सिटी लगातार तेस्रो सिजन एफए कपको सेमिफाइनलमा पुगेको हो ।
साउथह्याम्पटन पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।बर्नेमाउथलाई ३–० ले हराएर साउथह्याम्पटनले अन्तिम चारको यात्रा तय गरेको हो ।